११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुडारी ताम्ती–टोप्ला सडकमा जिप सञ्चालन




जुम्ला
, १३ कात्तिक । जाजरकोट जोड्ने उद्देश्यका साथ निर्माण गरिएको जुम्लाको कुडारी–ताम्ती–टोप्ला–इमिल्चा सम्मको २९ किलोमीटर सडकमा पहिलोपटक जिप सञ्चालन भएको छ ।

तिला ४ साँपुल्ली निवासी मिमबहादुर शाहीले आइतबारदेखि बा८च ४१५९ नं को जिपसञ्चाल गरेपछि जुम्लाको विकट क्षेत्रमा पर्ने ताम्तीका जनता झण्डै पाँच घण्टा पैदल हिँडेर कर्णाली राजमार्ग पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पहिलोपटक जिपमा सवार हुन पाउँदा ताम्तीका बासिन्दा दंग छन् ।

यो सेवाबाट कुडारी–ताम्ती–टोप्ला र इमिल्चा सम्म मछाली, बूढाबाढा, टोप्ला, डुंग्री, थलाले, मछालदेउ, बारागाउँ ताम्ती, सुर्की, सर्मी, नुवाकोट, रावतबाडा लगायतका गाउँका समुदाय लाभान्वित भएका छन् ।

कच्ची सडक भएकाले पहिलोपटक २९ किमीका लागि २५० भाडादर कायम गरिएको सञ्चालक शाहीले जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००