१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्षा याममा बन्द भएका भाेजपुरका ग्रामीण सडक सञ्चालनमा




भोजपुर
, १० कात्तिक । वर्षायाम शुरु भएसंगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन् ।

वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् ।

तालिका अनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमानास्थित चखेवा भञ्ज्याङका लागि दैनिक बिहान र अपराह्न दुईवटा र दाँवा, बलौटेका लागि दैनिक एउटा बसले सेवा दिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।

त्यस्तै, उत्तरमा दिङ्ला तथा दक्षीणमा घोरेटार लगायतका ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा ल्याइने भएको छ । ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि भोजपुरलगायत खोटाङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको छ ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००