६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाउ खोलामा माेटरेवल पुल नबन्दा स्थानीयलाई सास्ती




रामपुर
— पाल्पा, १० कात्तिक । पाल्पा सदरमुकाम तानसेनदेखि जिल्लाको पूर्वी दक्षिण क्षेत्रका गाउँ जोड्ने सडकखण्ड अन्तर्गत तिनाउ खोलामा पुल निर्माण नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।

तानसेनदेखि कसेनी, रुप्से, झडेवा, गोठादी, रहबास, बहादुरपुर हुँदै छिमेकी जिल्ला रुपन्देही, नवलपरासी जोड्ने सडकखण्डमा पर्ने तिनाउ खोलामाथि मोटर चल्ने पुल नहुँदा यहाँका हजारौँ स्थानीय मारमा परिरहेका छन् ।

यहाँ सडक निर्माण भएको २० वर्ष बितिसक्यो तर अहिलेसम्म खोलामा पुल बन्न सकिरहेको छैन । वर्षायामका बेला मात्र नभई सामान्य वर्षा हुँदा खोला वारपार गर्न स्थानीयलाई निकै कष्ट भएको सुरेशकुमार भट्टराई बताउछन् । जोखिम मोलैरै भए पनि यस क्षेत्रका स्थानीयले खोला वारपार गर्नुपर्ने बाध्यता अहिलेसम्म कायमै छ ।

जिविसको स्वामित्वमा रहेको यस सडकमा मोटरेवल पुल निर्माणका लागि पटकपटक नापनक्सा भएपनि हालसम्म निर्माण कार्य शुरु नहुँदा खोलामा सामान्य पानीको बहाव बढ्दा सवारीसाधन आवतजावत गर्न कठिन हुने सवारी चालक बताउँछन् ।

यहाँ अन्य सडक नभएका कारण दैनिक कामकाजदेखि लिएर अन्य विशेष काम, औषधि उपचार गर्नसमेत आवतजावत गर्न समस्या पर्ने गरेको छ । दैनिकजसो यही सडक भएर ५० भन्दाबढी सवारीसाधन गुड्ने गर्छन् ।

केही समयअघि रुप्सेबाट तानसेनतर्फ आउँदै गरेको जिप खोलाले बगाउँदा जिपमा सवार चारैजनाले अकालमै ज्यान गुमाउनुपरेको थियो । खोलामा पुल नभएकै कारण वर्षेनी यात्रुले अकालमा ज्यान गुमाउँदै आएका छन् ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००