७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाका लेखाप्रमुख जुवा खालबाट पक्राउ




चरिकोट
, ९ कात्तिक । भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित छ जनालाई प्रहरीले जुवा खेलिरहेको स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीले जुवा खालबाट एक लाख छ हजार ६९५ बरामद गरेको छ । भीमेश्वर ६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खलाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताइन् ।

पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका १ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा दोङ, तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री पनि छन् ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००