३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित




काठमाडौँ
, ९ कात्तिक । दोस्रो चरणमा आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।

कार्यालय स्थापना अवसरमा काठमाडौँका प्रजिअ केदारनाथ शर्माले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । मुख्य निर्वाचन अधिकृत रमेशराज पोख्रेलले विगत निर्वाचनबाट सिकेर अबको निर्वाचन भयरहित बनाउन प्रयत्न गरिने बताए । सभागृहमा काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ का कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नं ५ र ७ को कार्यालय जलविद्युत् आयोजनाको कार्यालय, थापागाउँ, नयाँ बानेश्वर, क्षेत्र नं ६ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, क्षेत्र नं ८ को भूसंरक्षण, विभाग, बबरमहल र क्षेत्र नं ९ र १० को निर्वाचन अधिकृतको कार्यालय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बबरमहलमा स्थापना गरिएको छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००