१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको प्रदेश ‘क’ मा एमाले नेता शर्माको स्वतन्त्र उम्मेदवारी




सल्लेरी
— सोलुखुम्बु, ८ कात्तिक । नेकपा एमाले सोलुखुम्बुका नेता लोचनकुमार शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने भएका छन् । सोलुखुम्बुको प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेता शर्माले उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा फिर्ता नगरेपछि चुनाव लड्ने निश्चित भएको हो ।

मंगलबार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष मानवीर राईले लोचनकुमार शर्माले उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गरेका थिए । लामो समय आफ्नो ऊर्जाशील समय र जीवन पार्टीमा खर्चदा पनि पार्टीले उचित स्थान नदिएको शर्माको गुनासो छ ।

उनले स्थानीय तहको निर्वाचनमा नेचा सल्यान गाउँपालिका प्रमुखको समेत दाबी गर्दै स्वतन्त्र उम्मेदवार समेत दिने उद्घोष गरेका थिए । एमाले नेता उत्तमकुमार बस्नेतलाई प्रदेश ‘क’ मा उम्मेदवार बनाएको छ भने कांग्रेसबाट प्रकाशसिंह कार्की उम्मेदवार बनेका छन् ।

शर्माको उम्मेदवारीले बस्नेतलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे कडा कारबाही गर्ने एमाले केन्द्रीय तहका नेताहरुले बताउँदै आएका छन् ।
रासस

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ००:००