१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो




सल्लेरी
— सोलुखुम्बु, कात्तिक ८ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ ।

जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए । एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो ।

दूधकौशिका गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय लोखिम, सोलु दूधकुण्ड नगरपालिका ९ को गोराखानी आधारभूत विद्यालय, छुल्यामु आधारभूत विद्यालय, दोर्पु, दूधकुण्ड माध्यमिक विद्यालय, फाप्लु, दूधकोशी गाउँपालिकास्थित काकु माध्यमिक विद्यालय, भेडाचौरमा केन्द्र थप भएर आएको हो ।

यसअघि स्थानीय तह निर्वाचनमा ११८ वटा मतदानस्थल र १२० केन्द्र रहेका थिए भने अब १२५ वटा मतदान केन्द्र भएका छन् । सोलुखुम्बुबाट आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६९ हजार ४११ जना मतदाताले भाग लिँदैछन् ।
रासस

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ००:००