६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने




विराटनगर
, ७ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारीका सम्बन्धमा सर्वदलीय भेला आयोजना गरिएको छ । निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा निर्वाचन व्यवस्थित, भयरहित र निष्पक्ष वातवरणमा सम्पन्न गर्ने विषयमा सरोकार भएकाहरुबीच छलफल भएको थियो ।

भेलामा आचारसंहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिता एवं निर्वाचनसम्बन्धी गतिविधिका विषयमा छलफल भएको थियो । मोरङका प्रजिअ रामप्रसाद आर्चायले निर्वाचन भयरहित एवं निष्पक्ष बनाउन चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको बताए । मोरङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले निर्वाचन आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले संघीय निर्वाचनलाई सफल बनाए मात्र संविधान कार्यान्वयन हुने बताए । भेलामा राजनीतिक दलका नेताले आचारसंहिता कार्यान्वयनमा निर्वाचन कार्यालयले ध्यान दिनुपर्ने बताउँदै स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकाले यसतर्फ विशेष ध्यान पुर्याउन निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए ।

आयोगका क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिएका थिए । मोरङ जिल्लामा नेपालकै सबैभन्दा बढी छ लाख ४४ हजार ७८२ मतदाता छन् ।
रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार ००:००