२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको स्थानीय तहसँग समन्वय हुन्छः मुख्यमन्त्री रार्इ



२३ फागुन, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताएका छन् ।

नेपाल नगरपालिका संघ, प्रदेश नं १ भेलामा उनले स्थानीय तहसँग समन्वय गरी विकास निर्माणको कामलाई द्रुतरुपमा अघि बढाइने दृढता व्यक्त गरे ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।

एकदिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित ४० उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००