९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यादी प्रहरी हुन चाहेका १५० युवा सम्पर्कमै आएनन्




अछाम
, ७ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक भएका युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ । म्यादीका लागि फाराम भरेका यति धेरै संख्यामा युवा अनुपस्थित भएका हुन् ।

अछाममा जम्मा दुई हजार ३१६ युवाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा छनोटको पहिलो चरण अन्तर्गत आइतबार र सोमबार स्वास्थ्य परीक्षण र अन्य शारीरिक जाँच तथा दौड कार्य सम्पन्न भएको छ । स्वास्थ्य परीक्षण र शारीरिक जाँचको नतिजा निकालेर लिखित परीक्षा हुने अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

अछामका लागि जम्मा एक हजार २३४ जना म्यादी प्रहरी छनोट गर्न पाउने कोटा रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । थप २० प्रतिशतलाई वैकल्पिकमा राखिने बताइएको छ । छनोट भइसकेपछि पनि केहीले बीचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिएको हो ।

निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनीहरूले सो अवधिको पारिश्रमिक नेपाल प्रहरीका जवानले पाउनेसरह अर्थात् ५१ हजार हुने प्रहरीले जनाइएको छ ।
रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार ००:००