५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि तथा प्रदेश सभामा ८०७ जनाको उम्मेदवारी दर्ता




काठमाडौँ
, ६ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरण अन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि परेको मनोनयनको जिल्लागत विवरण यस प्रकार छः

सिनं जिल्ला प्रतिनिधिसभा प्रदेश सभा १ प्रदेश सभा २
१ ताप्लेजुङ ९ ७ ८
२ पाँचथर ११ ९ ९
३ संखुवासभा १२ ९ ९
४ भोजपुर ८ ८ ६
५ सोलुखुम्बु ६ ६ ५
६ खोटाङ १० ६ ५
७ ओखलढुंगा ९ ७ ६
८ दोलखा १६ १२ १२
९ रामेछाप १४ १० १२
१० रसुवा ११ ७ ५
११ धादिङ–१ ८ ८ ६
१२। धादिङ– २ १३ १७ ८
१३ नुवाकोट–१ १३ ७ ९
१४ नुवाकोट–२ ११ ८ ९
१५ सिन्धुपाल्चोक–१ १३ ११ ९
१६ सिन्धुपाल्चोक–२ ९ ६ १०
१७ गोरखा–१ ८ ४ २
१८ गोरखा–२ १० ८ ५
१९ मनाङ २ २ ३
२० लमजुङ १२ ७ ९
२१ मुस्ताङ २ २ ४
२२ म्याग्दी ८ ६ ५
२३ बागलुङ–१ ८ ५ ३
२४ बागलुङ–२ ६ ३ ६
२५ रुकुम पूर्वी भाग ७ ५ ३
२६ रोल्पा १० ८ ६
२७ रुकुम पश्चिम भाग ७ ५ ३
२८ डोल्पा ५ ४ ४
२९ मुगु ९ ८ ६
३० जुम्ला ७ ७ ४
३१ कालीकोट १० ८ ७
३२ हुम्ला ९ ६ ५
३३ जाजरकोट ७ ७ ७
३४ बाजुरा ३ ५ ५
३५ बझाङ ९ ८ ५
३६ दार्चुला ५ ५ ५
३७ बैतडी ६ ५ २
जम्मा ३२३ २५६ २२८
रासस

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार ००:००