१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालनमा




रामपुर
— पाल्पा, ६ कात्तिक । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ । गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो ।

बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङ लगायतका गाउँका करिब ३०० घरधुरीका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

विभिन्न ठाउँठाउँमा पहिरो गई बाटोको जगै भत्किएपछि यातायातका साधनसमेत ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको थियो । स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएपछि अहिले नियमितरुपमा सवारीसाधन सञ्चालन भएको उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताए ।

बाटो मर्मतका लागि पाँच लाख रकम विनियोजन गरेर बाटो सञ्चालनमा ल्याइएको वडा अध्यक्ष उमानसिं सारुले बताए । उनका अनुसार अवरुद्ध बनेका वडाका सबै बाटो मर्मत सम्भार गरेर अहिले सञ्चालन भएको छ ।

यहाँ बाटो सञ्चालन भएपछि वडा कार्यालयसम्म आउन जानसमेत सुविधा पुगेको छ । गएको असार २० गते यस खण्डमा पहिरोमा पुरिएर एक जनाको पुरिएर मृत्युसमेत भएको थियो ।
रासस

प्रकाशित मिति : ६ कार्तिक २०७४, सोमबार ००:००