८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रतुवामाई नगरपालिकाको बजेट ४२ करोड ४७ लाख



२ कात्तिक,मोरङ । रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट आफ्नो बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । नगरसभाबाट चालू आर्थिक वर्षका लागी ४२ करोड ४७ रुपैयाँ बजेट अनुमोदन गरेको हो ।

बजेटमा आन्तरिक स्रोत ७७ लाख ८० हजार रुपैयाँ, सशर्त अनुदान १४ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदान २६ करोड २१ लाख रुपैयाँ र जिल्ला समन्वय समितिबाट राजश्व बाँडफाडबापत १ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

नगरसभाले पूँजीगत खर्चतर्फ २२ करोड ९ लाख र समपुरक कोषसमेत गरी चालुूतर्फ २० करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरसभाले रतुवा बक्राहा खोला नियन्त्रण कार्यक्रमलाई १ करोड रुपैयाँ, जमिन पुनःरुत्थान कार्यक्रमका लागि रु ४० लाख रुपैयाँ, लक्षित वर्ग विकास कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । साथै प्रत्येक वडाालाई न्यूनतम् १०/१० लाख रुपैयाँको कार्यक्रम राखेको छ ।

नगरपालिकाको मुख्यमुख्य चोकमा फ्री वाईफाई, खुला दिसामुक्त क्षेत्र, सडकबत्ति, सडकआसपासका जग्गा अधिग्रहण गरी ग्रिनबेल्ट निर्माण, रंगशाला निर्माणलगायतका कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याइएको छ ।

दुर्घटना र विपदमा परेर ज्यान गुमाउने नगरबासीलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ दिने पनि घोषणा गरेको छ । रिङरोड अध्ययन, झुर्किया स्वास्थ्य केन्द्र, सञ्चार क्षेत्रको विकास र पुरस्कार, अनलाइन घरनक्सा पास गर्न निवेदन दिने प्रणालीको शुरुवात गर्नेजस्ता कार्यक्रम समावेश गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख रविन राईले जानकारी दिए । रासस

प्रकाशित मिति : २ कार्तिक २०७४, बिहिबार ००:००