१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता




काठमाडौँ
, २९ असोज । नेपाली कांग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७—१७, जनजाति पुरुष र महिला १६—१६, थारू महिला ४ र पुरुष ३, दलित महिला ८ र पुरुष ७, मधेशी महिला ९ र पुरुष ८ एवं मुस्लिम महिला ३ र पुरुष २ को सूची दर्ता गरिएको उनले जानकारी दिए ।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००