१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन अधिकृतको कार्यालय स्थापना




रसुवा
, २९ असोज । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

सदरमुकाममा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले निर्वाचन शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोगका लागि सबै पक्षसंग आग्रह गरे ।

यस्तै जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले मतदातालगायत सबै रसुवालीलाई सुरक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिए ।

आगामी कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशन, ६ गते दाबी विरोध, ७ गते उम्मेदवारको नामावली प्रकाशन र ८ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । जिल्लामा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई भएको जिल्लाको मतदाता संख्या करिब ३२ हजार छ ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००