७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु




काठमाडौँ
, २९ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आइतबार बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ ।

दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००