७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा इलामबाट उम्मेदवार सिफारिस




इलाम
, २७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा इलामले पनि उम्मेदवार चयन गरेको छ ।

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताए ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००