१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन जिल्ला समन्वय समितिमा डल्लाकोटी




चितवन
, २५ असोज । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । आज (बुधबार) भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन् ।

डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी अधिकारीले तीन मत ल्याएका थिए । उपप्रमुखमा पनि एमालेकै मुनाकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनी कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ११ मत प्राप्त गर्दा दाहालले तीन मत प्राप्त गरेकी थिइन् ।

जिससको नौ सदस्यीय समितिमा निर्वाचित सबै एमाले पक्षधर हुन् । समितिमा निर्वाचित सदस्यहरू खिलाकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, गुनु विक, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरङ र चूडामणि महतो छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको सातवटा तहको प्रमुख, उपप्रमुखमध्ये नौजना एमालेका तर्फबाट विजयी भएका थिए भने कांग्रेसका तीन जना र माओवादी केन्द्रका दुईजना विजयी भएका थिए ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ००:००