१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोगडाकेदार गाउँपालिका ४ का वडाध्यक्षको मृत्यु




बैतडी
, २५ असोज । बैतडीको दोगडाकेदार गाउँपालिका ४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।

वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो अएको र उपचारका क्रममा भारतको बरेलीको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका ४ का वडासचिव प्रयागराज पन्तले बताए । उनले भने “शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।”

विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र एक्कासि बिरामी भएर मृत्यु भएको हुँदा कुन रोगले मृत्यु भयो भन्ने जानकारी नआएको उनले बताए ।

दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका ५२ वर्षीय विष्टका श्रीमती र दुई छोरा रहेका छन् । विष्ट नेकपा एमाले बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ००:००