७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छुट्टै रामग्राम विकास कोष खडा गर्न हस्ताक्षर अभियान




नवलपरासी,
२४ असोज । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ ।

लुम्बिनी विकास कोषको अधिनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले हस्ताक्षर अभियान शुरु गरेको हो ।

भगवान् गौतम बुद्धको आठवटा धातु रहेको स्थान रामग्राम स्तूप र बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुरको विकास, संरक्षण तथा प्रवर्द्धनमा लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै जिल्लामा अहिले सो कोष खडा गर्न आन्दोलन चलिरहेको छ ।अहिले हस्ताक्षर अभियान चलउनुका साथै दोस्रो चरणमा विभिन्न विरोधका कार्यक्रम गरिने भएको छ ।

इतिहासअनुसार यो स्तूप आजभन्दा दुई हजार ५०० वर्ष पहिला कोलीय राजाद्वारा शान्तिका अग्रदूत भगवान् बुद्धको अन्त्येष्टि पछि बाँकी अस्थी ९अवशेष० कलशमा राखेर यो स्तूप बनाइएको थियो ।

बौद्ध स्तूप अन्य स्थानमा रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपश्चात् बनाइएका अठवटा अस्थीमध्ये सिंगो अस्थी रहेको स्तूप हो । तत्कालिन मगध सम्राट अशोक मौर्यले सातवटा स्तूपको अस्थी उत्खनन गराएर विभिन्न देशमा पुर्याए पनि नागजातिको आग्रहमा रामग्राम स्तुपको उत्खनन नगरिएकाले सिंगो भाग बचेको हो ।

सरकारले स्तूपको विकासका लागि पनि कराडौँको रकम विनियोजन गरी लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आएपनि सो कोषले यस स्तूपको संरक्षणमा ध्यान नदिएको यहाँका बासिन्दाको आरोप छ ।

यस्तै रामग्राम १८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानीसमेत रहेको पुरात्तवविद्बाट प्रमाणित भइसकेको हुँदा सो स्थानको औपचारिक घोषणा गर्न र संरक्षण तथा प्रवर्द्धनको माग गरिएको छ ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार ००:००