१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोरम अध्यक्ष यादव सिरहा १ बाट सिफारिस




लहान
, २४ असोज । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए । सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ ।

यस्तै फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादव र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव र कोइरी तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य सत्यनारायण यादवले बताए ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ क बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ ख बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ क बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ ख बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको जनाइएको छ ।

क्षेत्र नं ३ क बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ ख बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ क बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ । क्षेत्र ४ ख बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

आइतबार मात्र नेकपा एमाले सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार ००:००