कञ्चनपुर, २४ असोज । कृषि क्षेत्रको विकासका लागि बेलौरी नगरपालिकामा नेत्रराज गिरीको संयोजकत्वमा ११ सदस्यीय नगर कृषि विसकास समिति गठन गरिएको छ ।
समितिको सदस्यमा रतनबहादुर शाही, अर्जुन ढकाल, साइटु चौधरी, रामप्रकास राना, प्रकास श्रेष्ठ, नन्दकुमार राना, हरिलाल चौधरी, शम्शेरसिंह पेला र कलविर चौधरी चयन भएका छन् । समितिको सदस्य सचिवमा कृषि विकास शाखा बेलौरीका प्रमुख रणबहादुर मल्ल रहेका छन् ।
समितिले नगरपालिका क्षेत्रको कृषिको विकासका लागि कार्यक्रम बनाउने, कृषिसम्बन्धी बजेटको बाँडफाँड गर्ने तथा योजना छनोट गरी कार्यान्वयन गर्ने छ ।
तरकारी मिनीकिट निःशुल्क वितरण
बेलौरी नगरपालिकाका किसानलाई दुई हजार पोका तरकारी मिनीकिट निःशुल्क वितरण गरिएको छ । बेलौरी कृषि विकास शाखाले प्रथम चौमासिक कार्यक्रमअन्तर्गत किसानलाई मिनीकिटका रुपमा मूला, धनियाँ, रायो, पहाडीपालक, मेथीको बीउ वितरण गरेको हो । किसानलाई तरकारी खेतीतर्फ आकर्षित गराउन सो मिनीकिट वितरण गरेको शाखा प्रमुख रणबहादुर मल्लले बताए ।
यस्तै, बेलौरी कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा १७ हजार किलो आलुको बीउ किसानलाई वितरण गरेको छ । कार्डिनल र खुमलटार सेतो जातको बीउ किसानले १५ बिगाहा जग्गामा लगाएका छन् ।
रासस
प्रतिक्रिया