१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा दुई लाख १० हजार मतदाता




इलाम
, २४ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको थियो । फोटो खिचाउनेमा विदेशबाट फर्किएका युवा धेरै रहेको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले बताए ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार ००:००