१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस




जुम्ला
, २२ असोज । आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा एमालेका नेता पदमबहादुर रोकायाले जानकारी दिए ।

त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

उम्मेदवार सिफारिसमा पार्टीभित्रको असन्तुष्ट पक्षले अहिले पनि विरोध गरिरहेको परिषद् सदस्य रोकायाको भनाइ छ । अहिले नाम सिफारिस भए पनि एकताबाट प्राप्त निर्देशनअनुसार मान्नुपर्ने एमालेका जिल्ला नेता धीरेन्द्र गिरीले बताए ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००