१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको निर्णय पुस्तिका हरायो




महोत्तरी
, २२ असोज । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णणहरूको पछिल्लो एक महिनादेखि पुस्तिकानै हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् ।

प्राप्त जानकारी अनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको बताइएको छ ।

नगरपालिकाका पूर्व कार्यकारी अधिकृत शम्भु ठाकुरले अनियमित तवरले ९० लाख बराबरको कारोबार गरेको खबर सार्वजनिक भएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको निर्णय पुस्तिका सहित चेकबुक, भौचरलगायतका अति आवश्यक कागजात कार्यालयमा फेला नपरेको कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।

आफूले हरेक कर्मचारीसंग यस सम्बन्धमा स्पष्टीकरण लिइरहेको र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिने नगरप्रमुख शिवनाथ महतोले बताए । प्राप्त जानकारी अनुसार सो निर्णय पुस्तिकामा पूर्व कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको पालामा भएका महत्वपूर्ण निर्णय छन् ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००