१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्हवी नगर प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी




कलैया
, ९ असोज । प्रदेश नं २ तेश्रो चरण निर्वाचन अन्तरगत कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय प्राप्त गरेको छ ।

एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भएका छन् । उनको निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छन् । उनको निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा धिमालले सात हजार १७८ मत प्राप्त गरेकी छन् । माओवादी भने तेस्रो स्थानमा रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ००:००