१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महागढीमाई नगर प्रमुखमा कांग्रेस, जीतपुर सिमरा उप–महानगरमा एमाले




कलैया
, ८ असोज । महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार कांग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शरदाशंकर जैसवालले पाँच हजार २७५ मत ल्याउनु भएको छ ।

उपप्रमुखमा कांग्रेसकी तारादेवी गुप्ता पाँच हजार ३७५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले चार हजार ५२२ मत प्रप्त गरिन् ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेका डा कृष्ण पौडेल र उपप्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित भएका छन् ।

डा पौडेलले १४ हजार ८६५ र चौधरीले १४ हजार ४५९ मत ल्याएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४६५ मत ल्याएका छन् ।

जितपछि प्रतिक्रिया दिँदै प्रमुख डा पौडेलले सबै मतदाताको इच्छा र चाहनानुसार सहमति, सहकार्य र एकताका साथ राजनीतिबाट टाढा रही समृद्ध उपमहानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार ००:००