६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा कांग्रेस र नरहामा एमाले विजयी




लहान
, ६ असोज । दोस्रो संविधानसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव चार हजार ७३६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादवले तीन हजार ९३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ ।

यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले चार हजार ९३९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निरसलादेवी साहले तीन हजार १४१ मत प्राप्त गरेकी छन् ।

यससंगै माओवादी केन्द्रले हासम्म सिरहाको चार स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसले जितेको छ । प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल चार हजार ८०८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले चार हजार ६०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकै रोहणी कुमारी यादव चार हजार ६६४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले चार हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससंगै कांग्रेसले हालसम्म सिरहाको दुई स्थानीय तह जितेको छ ।

यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित रामशरणले एक हजार ६५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले एक हजार ४७८ मत प्राप्त गरे । यस्तै, नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलावदेवीले एक हजार ८५५ मत प्राप्त गरिन् ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००