१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पतरौता नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम




कलैया,
६ असोज । बाराको पतरौता नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरम नेपालले जित हातपारेको छ । संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार हजार ६८२ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए ।

उनका निकतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ताले दुई हजार ५३७ मत प्राप्त गरे । उपप्रमुखमा भने राजपा नेपालका इन्दुकुमारी साह विजयी भएकी छन् । उनले दुई हजार ५४६ मत प्राप्त गरेकी छन् भने संघीय समाजवादी फोरम नेपालका ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गरेकी छन् ।

यसैगरी, वडा नं १ मा नेकपा एमालेका जगतनारायण यादव वडा नं २ मा संघीय समाजवादी फोरमका मनोजकुमार यादव, वडा नं ३ मा माओवादी केन्द्रका धेनुक महतो, वडा नं ४ मा संघीय समाजवादी फोरमका कन्हैयालाल यादव, वडा नं ५ मा संघीय समाजवादीकै लक्ष्मी यादव, वडा नं ६ मा राजपाका मकबुल मियाँ, वडा नं ७ मा एमालेका दीनानाथ सहनी, वडा नं ८ मा कांग्रेसका सर्वजित राय यादव र वडा नं ९ मा नेपाली कांग्रेसकै गौरीशंकर साह कानु निर्वाचित भएका छन् ।

मतगणनामा बदर मतको संख्या २०० रहेको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००