१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा बैंक नहुँदा समस्या




आठराई
— तेह्रथुम, असोज ५ । तेह्रथुम जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा स्थानीयलार्इ आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।

जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समस्या भएको छ ।

निर्वाचनपछि सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्गवाङ्गले बताए । बैंकको काम लिएर चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उनको भनाइ छ ।

जिल्लामा चार गाउँपालिका र दुई नगरपालिका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००