वीरगन्ज, ३ असोज । प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मतगणना शुरु भएको छ । सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ ।
वीरगञ्ज महानगरपालिका १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । पर्सामा १४ स्थानीय तह रहेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस
प्रतिक्रिया