१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलेश्वरमा प्रमुख दलहरूको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म



 

संजितकुमार मण्डल

गौशाला, २८ भदौ । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ ।

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले जलेश्वरलार्य नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् । उनले नेपाली कांग्रेस विकासप्रेमी पार्टी भएको दाबी गर्दै विकासलाई पहिलो प्राथमिकतामा राखेर नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

प्रमुख पदका अर्का प्रत्यासी एमालेका माधव मण्डलले जलेश्वरमा रिङरोड बनाउने प्रतिवद्धता गर्दै जनतासँग भोट माग्न व्यस्त छन् । उनले जलेश्वरमा बाटोघाटोको समस्या रहेको, ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने र पैदलयात्रीलाई समस्या भइरहेकाले एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने बताएका छन् ।

यसैगरी, माओवादी केन्द्रबाट प्रमुख पदमा उठेका कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवसहित नगरपालिकाभित्र रहेका सबै धार्मिक क्षेत्रहरूलाई देशविदेशमा चिनाउने प्रतिवद्धता जनाएर भोट मागिरहेका छन् ।

राष्ट्रिय जनता पार्टीबाट प्रमुख पदमा उम्मेदवार बनेका रामशंकर मिश्रले राजपाले जलेश्वरका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा जलेश्वर नगरको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् ।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आ–आफ्ना भोट मागिरहेका छन् । रासस

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ००:००