१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्तनगर र इजरायली दूतावासबीच छलफल



 

मङ्सिर ६, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी बुधबार छलफल भएको छ ।

नगरपालिका कार्यालयमा नगरप्रमुख सुरेन्द्र विष्ट र दूतावासका उपप्रमुख ताल सवरतसुमन बीच सहयोग आदानप्रदान र आपसीहितका बारेमा छलफल भएको हो ।

बैठकमा दूतावासका उपप्रमुख सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिबद्धता जनाए । पश्चिमी सिमानाका गड्डाचौकी भएर नेपाल आउने इजरायली पर्यटकको सुरक्षा, कृषि क्षेत्र र नगरको विकासमा सहयोग गर्ने उनले जानकारी दिए । नगरप्रमुख विष्टले नगरपालिकाको पर्यटन क्षेत्र प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार ००:००