८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमोर खानेपानी आयोजनाको काम स्थगित




तेह्रथुम
, २६ भदौ । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ । मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो ।

यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै २०७२ सालदेखि निर्माण थालिएको उक्त आयोजनाको निर्माण स्वामी नारायण जेभीले गर्दैआएको थियो ।

निर्माणस्थलको ठुटेबरदेखि तमोर नदीसम्मको मुहानको विषयलाई लिएर उक्त क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए । तत्कालीन समयमा डिभिजन कार्यालयले आर्थिक र प्राविधिक कारणले गर्दा लोरिपा दोभान उपयुक्त नभएको भन्दै उपभोक्ता समितिको सहमतिमा मुहान परिवर्तन गरेको थियो ।

आयोजनाको काम शुरु भइसकेपछि मुहान परिवर्तन गर्न नहुने समितिका अध्यक्ष नरबहादुर खड्का बताउछन् । पुरानै स्थानबाट आयोजनाको काम शुरु गर्नुपर्ने खड्काको भनाइ छ ।

समितिका सचिव देवेन्द्रकुमार लावती प्राविधिकको सल्लाह र सुझावअनुसार नै काम गरिएको बताउछन् । आयोजनाको मुहान परिवर्तन गर्दा आयोजना लम्बिने नभई चाँडो काम सकिने उनको भनाइ छ । आयोजनाको काम स्थगित हुँदा स्थानीयवासी चिन्तित बनेका छन् ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ००:००