१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा फोहोर थुप्रियो, महानगरले उठाउन सकेन



 

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एकसाता देखि फोहोर उठाउन नसक्दा राजधानी दुर्गन्धित बनेको छ । कतिसम्म भने उपत्यकाका नदी र चक्रपथ सफाई गरिएको फोहोर फेरी नदी र सडक किनारमै थुपारिएको छ ।

बाग्मति सफफाई महाअभियान र चक्रपथ सफाई अभियानले शनिवार उठाएको फोहोरसमेत नदी किनार र मूल सडकमै थुपार्नु परेको छ ।

बागमति सफाई महाअभियानको २२६ औं हप्तामा शनिवार संकलन गरिएको ५ टन फोहोर सिनामंगलमा थुपारिएको छ । राजधानीको फोहोर व्यवस्थापनका लागी डम्पिङ साइट रहेको सिसडोलका स्थानीयबासीले विभिन्न माग राखेर फोहोर लैजान रोक लगाएका कारण फोहोर उठ्न नसकेको हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार ००:००