१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजार हुने




खोटाङ
, २३ भदौ । स्थानीय तह पुनःसंरचनाको शुरुबाटै विवादमा रहेको खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा रहने भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजार र व्यापारिक केन्द्र इन्द्रेणीपोखरीमध्ये कुनै एक ठाँउमा केन्द्र रहनुपर्ने विषयको विवाद मतदानमार्फत टुङ्ग्याइएको हो ।

निर्वाचन आयोगले अस्थायीरुपमा खोटाङबजारमा नै गाउँपालिकाको केन्द्र राख्न परिपत्र गरे पनि इन्द्रेणीपोखरीमा केन्द्र राख्न प्रस्ताव आएपछि गाउँसभाले मतदानमार्फत केन्द्र तय गरेको जनाइएको छ ।

केन्द्रका विषयमा गाउँसभाले गरेको मतदानका क्रममा ४९ जना सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा खोटाङबजार केन्द्रका पक्षमा २६ र इन्द्रेणीपोखरीको पक्षमा २३ मत खसेको वडा नम्बर ७ का वडाअध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए । स्थानीय निर्वाचनपश्चात ६ महिनाभित्रमा नगरपालिका वा गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन गर्न पाउने व्यवस्थाअनुसार मतदानमार्फत केन्द्रको टुङ्गो लगाइएको हो ।

पुनःसंरचनाका क्रममा साबिकको इन्द्रेणीपोखरी, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, लिकुवापोखरी, सावाकटहरे, बडकादियाले, वाप्लुखा र चिप्रिङ गाविस गाभेर नौ वडा निर्माण गरिएको छ । उक्त गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको थियो ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००