१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने महासंघको प्रतिबद्धता




काठमाडौँ
, २१ भदौ । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन आचारसंहिताको पूर्ण पालना गर्ने—गराउने प्रतिबद्धता जनाएको छ ।

आगामी निर्वाचनमा निजी क्षेत्रबाट आचारसंहिताको पालनासम्बन्धी छलफलमा महासंघका तर्फबाट निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै पनि सामग्रीको उत्पादन, बिक्री वितरण नगर्न—नगराउन महासंघ मातहतका निकायलाई अपिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

महासंघका साथै उद्योग मन्त्रालय र मातहतका निकायका पदाधिकारीले हस्ताक्षर गरेको निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्रमा निर्वाचन आचारसंहिता विपरीत कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्ह अंकित टिसर्ट, ब्याग, टोपी, झोलालगायत सामग्रीको उत्पादन एवं बिक्री वितरण गर्न नदिने उल्लेख छ ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन प्रचार प्रसारलाई खर्चिलो र भड्काउ तुल्याउन नदिन सबैको सहयोग आवश्यक रहेको बताए ।

पछिल्लो निर्वाचनको प्रचारप्रसारमा ९० प्रतिशत आचारसंहिताको पालना भएको जानकारीमा आएको बताउँदै उनले निर्वाचन चिन्ह अंकित टोपी, गन्जीजस्ता सामग्री उत्पादन एवं बिक्री वितरण नगरी आचारसंहिता पालना गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठले मुलुकको प्राथमिकताको रुपमा रहेको निर्वाचनलाई सफल तुल्याउन हरतरहको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिबद्धता पत्रमा भनिएको छ, “नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा हुन लागेका निर्वाचन सफल तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्ने पूर्ण प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।”
रासस

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार ००:००