६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोरीले बाँधेर सवारी साधन तान्नुपर्ने बाध्यता




पाल्पा
, २० भदौ । पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ । तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सूर्यप्रकाश बस्याल बताउछन् ।

मालारानी क्षेत्रमा सडक फराकिलो बनाउने काम असार महिनामा शुरु गरेकाले वर्षाका कारण सडकमा हिलो भएर चिप्लो हुँदा कुनैपनि गाडी उकालो पार नहुने उनले बताए ।

तानसेन बसन्तपुरका रुपक्रान्ता बस्यालले अस्पताल आएकी वृद्ध आमालाई मोटरसाइकलमा भिरुभञ्ज्याङसम्म पुर्याए तर हिलाम्मे सडकमा पुगेपछि मोटरसाइकल बिचमानै रोकियो । यम्घा पुर्याउन बिहानै हिँडेका बस्यालका आमा छोरालाई हिलाम्मे सडक पार गर्न समस्या भएपछि त्यहीबाट आमालाई हिँडाएर घरसम्म लैजान पर्यो ।

चापपानी माविका शिक्षक जीवलाल घिमिरेका अनुसार आधा बाटो पार भएपछि मोटरसाइकल थन्क्याएर पैदल जानुपर्ने बाद्ध्यता छ । हिलाम्मे सडकमा मोटरसाइकल लिएर जान सकिँदैन । बीच बाटोमा लडियो भने स्कुल जाने की पोशाक बदल्न घर जाने भन्ने समस्याले आधा बाटो मोटरसाइकल, आधा पैदल गरी विद्यालय जनु–आउनु परेको उनको गुनासो छ ।

मोटर चल्ने बाटो विस्तार गरेपछि यस क्षेत्रमा पैदल हिँड्नसमेत समस्या भएको छ । स्कुले बालबालिकालाई बाटोमा लडिन्छ की भन्ने त्रासमै विद्यालय आवतजावत गर्न बाध्य छन् । उनीहरुका जुत्ता, कपडा एक वा दुई दिनमै धुनुपर्ने बाध्यता छ ।

बगनासकाली गाउँपालिका यम्घा वडा सचिव युवराज पाण्डेयका अनुसार केही दिनअघि बाटोको माटो हटाएपछि वर्षात्का कारण फेरि हिलाम्मे हुँदा सडकको यात्रा जोखिममय बनेको हो । दशैँ नजिकिँदा सडकमा पहिरो हटाए पनि वर्षात्ले उस्तै बनाउँदा यात्रु सास्ती खेप्न बाध्य छन् ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००