३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवचुली नगरपालिकामा सोलार बत्ती जडान




नवलपरासी
, २० भदौ । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसंगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ ।

नगरको मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोललगायतका ग्रामीण बस्तीमा सोलार बत्ती जडान गरिएको छ । यी ग्रामीण बस्तीमा बाटो पक्की बन्न सकेको छैन । बत्ती जडान भएपछि रातको समयमा गाउँ नै झिलीमिली भएको देवचुली– १२ गैडीका मुक्तीराम पराजुलीले बताए ।

देवचुली– ११ धारापानी सातघरे चोककी कुमारी बराल सोलार बत्ती राखेपछि रातको समयमा हिँडडुल गर्न सहज भएको बताउछिन् ।

देवचुली नगरपालिकामा १७ वटा वडा छन् । उज्यालो नगर बनाउने योजनाअनुरुप नगरका सबै वडामा सोलार बत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताए ।

गएको तीनवटा आर्थिक वर्षमा नगरपालिकाभित्र २६१ वटा ठाउँमा सोलार बत्ती जडान गरिएको उनले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र देवचुली नगरपालिका र उपभोक्ता समेतको दुई करोड ५० लाख लगानीमा सोलार बत्ती जडान गरिएको हो ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००