२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिर्के खहरे खोलामाथि सवारी साधन सञ्चालन हुने पुल निर्माण




पोखरा
, २० भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको शहीदचोकस्थित फिर्के खहरे खोला माथि सवारी साधन चल्ने पुल निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिको एक करोड ३० लाखको लागतमा निर्माण गरिएको सो पुल २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको प्रमुख इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिए ।

पुल बनेसंगै शहीदचोकबाट लेकसाइड, बैदाम, हल्लनचोकतिर सवारीसाधन आवतजावत गर्न सहज भएको छ । फिर्के खहरे खोलामा मोटर बाटो भए पनि वर्षातको समयमा खोलामा ठूलो भेल आउँदा खोलामा गुडिरहेका सवारीसाधनलाई समेत बगाई दिने स्थिति थियो ।

अघिल्लो वर्षको वर्षायाममा खहरेमा आएको भेलले मोटरसाइकल बगाउँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००