९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोरम नेपालले उम्मेदवार टुङ्गो लगायो




गौशाला
, २० भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल महोत्तरीले अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लामा १५ स्थानीय तह छन् । तीमध्ये ११ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइएको सो पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले जानकारी दिए ।

उनका अनुसार गौशाला नगरपालिकाको प्रमुखमा रामकुमारी महतो र उपप्रमुखमा रमेशकुमार यादव, रामगोपालपुर नगरपालिकाको प्रमुखमा अशोककुमार यादव र उपप्रमुखमा अकबरी बेगम, मटिहानी नगरपालिकाको प्रमुखमा रामानन्द यादव र उपप्रमुखमा फूलोदेवी मुखियाको नाम टुङ्गो लगाएको छ ।

त्यस्तै भङ्गहा नगरपालिकाको प्रमुखमा मिथलेशकुमार यादव र उपप्रमुखमा छठिया खातुन, बलवा नगरपालिकाको प्रमुखमा नागेन्द्रप्रसाद यादव र उपप्रमुखमा सीमादेवी पूर्वे तथा औरही नगरपालिकाको प्रमुखमा महेन्द्रकुमार राय र उपप्रमुखमा गीता देवीको नाम टुङ्गो लगाएको सो पार्टिले जनाएको छ ।

यसैगरी एकडारा गाउँपालिकाको अध्यक्षमा दीपनारायण मण्डल र उपाध्यक्षमा निर्मलाकुमारी देवी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामनाथ यादव र उपाध्यक्षमा बुनी खातुन, महोत्तरी गाउँपालिकाको अध्यक्षमा अजयजंग राय र उपाध्यक्षमा सरोज देवीको नाम टुङ्गो लगाएको छ ।

मनरा नगरपालिकाको प्रमुखमा महेन्द्र राय र सोनमा गाउँपालिकाको अध्यक्षमा राजकुमार यादवको नाम टुङ्गो लगाएको छ भने उपप्रमुख र उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको पार्टीले जनाइएको छ ।

त्यस्तै सदरमुकाम जलेश्वर नगरपालिकासहित बर्दिवास नगरपालिका, लोहारपट्टि नगरपालिका र पिपरा गाउँपालिकाको उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको सो पार्टीका जिल्ला अध्यक्ष रायले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००