१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ का रुपमा विकास गरिने

लेखक स्थानीय खबर २० भाद्र २०७४, मंगलबार १ मिनेट पढाइ


काठमाडौँ
, २० भदौ । कीर्तिपुर नगरपालिकास्थित सय वर्ष पूरानो नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ को रुपमा विकास गरिने भएको छ । विशेषगरी कीर्तिपुर, नगाउँ र पाँगा क्षेत्रमा रहेका प्राचीन नेबारी बस्तीका विविध पक्षबारे अध्ययन गरी अभिलेख तयार गर्न शुरु गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

सम्पदा बस्ती जोगाउनका लागि प्राविधिकले त्यस क्षेत्रको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि खर्च लागतको अनुमान गरिने छ । नगरपालिकाले विभिन्न संघ संस्थाको प्राविधिक सहयोगमा त्यस क्षेत्रको अध्ययन गरी पुराना घरका बनोट, नेवारी संरचना, आँखीझ्यालको बनोटकाबारेमा प्रतिवेदन तयार गर्ने छ ।

सोही प्रतिवेदनका आधारमा नगरपालिकाले सम्पदा बस्तीको डिपिसी, उचाइको मापदण्ड तयार गर्नेछ । सम्पदा बस्ती क्षेत्रभित्र बन्ने नयाँ घरको आकार तथा उचाइ एउटै प्रकारको संरचनामा निर्माण गरिने छ । प्राचीन समयमा नेवार सुमदायले जीविकोपार्जनका लागि गर्दै आएका विभिन्न कामलाई पनि बस्ती आसपासमा व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ ।

नेवारी संस्कृतिलाई उक्त क्षेत्रमा प्रतिविम्बित गरी दीर्घकालमा पर्यटकलाई आकर्षित गरेर आय आर्जन गर्ने समेत नगरपालिकाले जनाएको छ । नगर प्रमुख रमेश महर्जनले आधुनिक नेपालको निर्माणमा छुट्टै इतिहास कायम गरेको कीर्तिपुरमा बसोबास गर्ने समुदायका इतिहास र पहिचान आज लोपोन्मुख बन्दै गएकाले सम्पदा बस्तीको विकास गरी नेवरी शिष्टता र सभ्यतालाई समाजमा पहिचान गराउने उद्देश्य रहेको बताए ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।