१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिखेल नगरपालिका वडा नं १२ मा ताला




धुलिखेल
, १९ भदौ । स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्तिको बिषयलार्इ लिएर आज (सोमबार) धुलिखेल नगरपालिका १२ शंखुपाटीचौसिथ वडा कार्यालयमा ताला लगाइएको छ ।

उक्त नियुक्तिमा नेकपा एमालेले पार्टीकरण गरेको भन्दै नेपाली कांग्रेस १२ नं वडा एकाइ समितिले ताला लगाएको हो । वडा एकाइ समितिका सभापति महेन्द्रबहादुर लामाका अनुसार “कर्मचारी नियुक्तिको विषयमा एमालेले एकलौटी गरेका कारण हामीले ताला लगाएका हौँ ।”

विगत एक वर्ष अगाडिदेखि दुई जनाले कार्यालय सहयोगीका रुपमा करारमा काम गर्दै आएको भए पनि पछिल्लो समयमा एमालेले आफ्ना कार्यकर्तालाई मात्रै नियुक्ति दिएको लामाले बताए । “पहिलादेखि दुई जनाले नै काम गर्दै आएकामा अहिले किन एक जनालाई मात्रै नियुक्त गर्यो रु,” लामाले प्रश्न गर्दै भने– “कमसेकम प्रतिपक्षको कुरा पनि सुन्नु पर्थ्यो, पेलेर काम गरियो । त्यसैले हामी ताला लगाउन बाध्य भयौँ ।”

नियुक्ति दिने क्रममा खुल्लारुपमा विज्ञापन नगरिकन भित्रैभित्र मिलाएर वडाध्यक्षले आफ्नो मान्छे राखेको कांग्रेसको आरोप छ ।

वडा १२ का कांग्रेसका तर्फबाट विजयी वडा सदस्य प्रवीण सापकोटाले वडाको बैठकबाट निर्णय गरी कर्मचारी नियुक्ति गर्नुपर्नेमा निर्णय नै नगरी एकलौटी एमालेका कार्यकर्तालाई वडा अध्यक्षबाट नियुक्त गराउन सिफारिस गरेको बताए । “म वडा सदस्य हुँ, त्यसरी कर्मचारी नियुक्तिको विषयमा कुनै निर्णय पनि भएको छैन र मलाई त्यस विषयमा कुनै जानकारी नै दिएको छैन,” सापकोटाले भने, “बिना जानकारी काम गरिरहेका कर्मचारी दुई जनामा एक जनालाई निुयक्ति दिने र अर्कोलाई पन्छाउने काम किन गरियो रु”

सो विषयमा उक्त वडाका वडा अध्यक्ष हर्कबहादुर लामाले आफूले विभेद नगरेको बताए । “मैले अनमी र दुई कार्यालय सहयोगीको लागि भनेर तीनै जनाको सिफारिस पठाएको हुँ । मैले सिफारिस गर्ने क्रममा कुनै भेदभाव गरेको छैन ।” कार्यालयमा ताला लगाइँदा वडा कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प भएको छ ।
रासस

प्रकाशित मिति : १९ भाद्र २०७४, सोमबार ००:००