१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउनेः नेता कोइराला




पर्सा
, १६ भदौ । स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गरेका छन् ।

उनले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गरे । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले शुक्रबार वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी भएका नेता कोइरालले सञ्चारकर्मीसंग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताए ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उनले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००