११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति प्रदान




काठमाडौँ
, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए ।
रासस

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार ००:००