२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरमा १० हजार मतदाता थपिए




भोजपुर
, ७ भाद्र । गत साउन १ देखि यही भदौ ५ गतेसम्म निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनका क्रममा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । जसमा चारहजार ६२६ महिला, पाँच हजार ३९५ पुरुष र एकजना तेस्रोलिङ्गीसहित १० हजार २२ मतदाता थपिएका हुन् ।

जिल्लाका नौ स्थानीय तहका कार्यालयबाट नामावली संकलन भएको थियो । भोजपुर नगरपालिकामा सबैभन्दा बढी एक तेस्रोलिङ्गीसहित दुई हजार ८२६ जनाले नामदर्ता गरेका छन् भने सबैभन्दा कम रामप्रसादराई गाउँपलिकामा ४६२ जनाले मात्र नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए ।

यसअघि जिल्लामा एक लाख ५ हजार ५५४ मतदाता रहेका थिए ।
रासस

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार ००:००