१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै वडाबाट १४७ मेगावाट विजुली उत्पादन हुँदै, अायाेजना निर्माण कार्य तीब्र



७ भदौ, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १ सय ४७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २ सय २० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीब्र भइरहेको छ ।

प्रशारण लाईन बन्न निर्माणको थालनीसँगै विद्युत् उत्पादनको धेरै सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीहरूले समेत लगानी जुटाएर काम शुरु गरेका छन् ।

नारच्याङका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम सुरु भएपछि स्थानीयले रोजगार पाउनुको साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवट्र्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको २ हजार ३०० मिटर लामो सरुङ, पावर हाउस, बालुवा थिग्य्राउने दुईवटा पोखरी, पेनस्टकको पनि निर्माण भइरहेको छ ।

उता निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रोपावरले ६२ मेगावाट र हुवाखोला जलविद्युत् आयोजनाले ३८ मेगावाट उत्पादन लक्ष्यसहित सडक, मजदुरलाई आवासगृहलगायतका संरचनाको निर्माण गर्न थालेको छ ।

अन्नपूर्ण बेसक्याम्पको फेदमा बाँध राख्ने तयारी गरिएको आयोजनाले हुवाखोलादेखि छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको छ । यी दुवै आयोजना निलगिरि हाइड्रोपावरले सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले समेत सर्वे, पानी जाँचलगायतका काम गरिरहेको छ ।

“उत्तरी म्याग्दीको विकासमा जलविद्युत् कोशेढुंगा सावित हुनेछ । ऊर्जालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ” अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर बरुवालले भने । रासस

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार ००:००