१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलेश्वर–जनकपुर सडकखण्ड १० दिनदेखि अवरुद्ध हुँदा समस्या




गौशाला
, ५ भदौ । महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड बिगत १० दिनदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्यामा परेका छन् । जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट गत शनिबार क्षतिग्रस्त हुँदा जिल्लावासीलाई समस्या भएको हो ।

जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपरा बीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण आज १० दिनदेखि जलेश्वर–जनकपुर यातायात अवरुद्ध रहेको छ ।

जिल्लाकै मुख्य सडकका रुपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा जिल्लाका दैनिक यातायात प्रभावित हुनाका साथै जिल्लावासीले आकस्मिक सेवाबाट समेत वञ्चित हुनुपरेको छ ।

दुई दिनदेखि सो सडकखण्डमा पर्सा वारि र पिपरा पारि दुई खण्डमा गरी बससेवा सञ्चालनमा आए पनि भरपर्दो र नियमित रहेको छैन । साथै, करिब दुई किमी पैदल हिँडेर दुईवटा बसमा यात्रा गर्नुपर्ने बाध्यता रहेका कारण सरसामान बोकेर यात्रा गर्न नसकिने अवस्था छ ।

नभई नहुने कामकाजका लागि मात्रै सो सडकखण्डमा यात्रु जाने गरेका छन् भने बिरामी र अन्य आवश्यक कामकाजका लागि जिल्लावासी भारतीय शहर बजारमा जान बाध्य भएका छन् । तर जिल्लाको दोस्रो प्रमुख सडक जलेश्वर बर्दिवास सडकखण्ड सञ्चालनमा रहेको छ ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००