१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलाले बगाएर वडा सदस्यको मृत्यु




डडेल्धुरा
, ५ भदौ । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो । पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज ९सोमबार० बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००