१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस सुनसरीको संयोजकमा कांग्रेस विजयी




इनरुवा
, ५ भदौ । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोपालराज भण्डारी विजयी भएका छन् ।

कांग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै सदस्यमा सीतादेवी पौडेल, नुनु अन्सारी, चिरञ्जीवी बस्नेत, अहिलिया देवी मेहता, नौशाद मियाँ, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस सुनसरीका लागि नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमले गठबन्धन गरेका थिए ।

गठबन्धनका तर्फबाट उम्मेदवारी परेपछि विपक्षी दलका तर्फबाट कुनै उम्मेदवारले उम्मेदवारी नदिएपछि भण्डारीको प्यानल र्निविरोध विजयी भएको हो । जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००